काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाराको वरियारपुरस्थित गढीमाईको पूजा अर्चनाको गरेका छन् । मन्त्री लेखकले लाखौँ श्रद्धालु भक्तजनहरुको भिडभाडमा उपस्थित भई पूजा गरेका हुन् ।
विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा एउटै ठूलो पहिचान दिएको भन्दै गढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्री लेखकले बताए ।
मन्त्री लेखकले गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए ।
उनले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले आवश्यक परेमा थप सुरक्षाकर्मी खटाइने बताए ।
उनले पूजा–अर्चनापछि बारा र पर्साका जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सूक्ष्म निगरानी राख्न निर्देशन दिएका थिए।
‘मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरुको सुरक्षामा कुनै कमी नहोस् । सुरक्षा निगरानी राख्न सिसि टिभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्नुहोला,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया