नेपाल टेलिकमको एमपीओएस रिचार्ज गर्दा बोनस पाइने

लोकपथ
63
Shares

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मंसिर १८ देखि पुस १७ गतेसम्म लागु हुने हुनेछ।

टेलिकमले प्रिपेड तथा पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा भ्वाइस तथा डेटा बोनस पाइने अफर ल्याएको हो । टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्दा रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरू अपनाउन सकिन्छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोबाइल प्वान्ट अफ सेल र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपे लगायतका डिजिटल वालेटहरू विकल्पका रुपमा छन् ।

टेलिकमका अनुसार ५० देखि ९९ रूपैयाँ रिचार्ज गर्दा ३ दिनका लागि आफ्नो नेटवर्कभित्र २० मिनेटको भ्वाइस कल बोनस पाइनेछ ।

यस्तै, १०० देखि १९९ रूपैयाँ रिचार्ज गर्दा तीन दिनका लागि ५० मिनेट, २०० देखि ४९९ रूपैयाँ रिचार्ज गर्दा एक दिनमा एक जीबी खर्च गर्नेगरी दुई दिनका लागि दुई जीबी डेटा र ५०० रूपैयाँभन्दा माथि रिचार्ज गर्दा एक दिनमा दुई जीबी खर्च गर्न पाउनेगरी चार दिनका लागि आठ जीबी डेटा उपलब्ध हुने बताइएको छ ।

ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि नमस्ते सापटीको सुविधा उपलब्ध छ । प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले स्टार्ट (start) टाइप गरी १४७७ मा मेसेज पठाएर अथवा *१४७७# डायल गरी १ छनौट गरेर सापटी लिन सक्ने टेलिकमले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?