काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
पर्सा प्रहरीले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र सञ्चालक रहेका जोशीलाई पक्राउ गर्न अनुमति पाएको हो ।
रवि र छविसहित पर्साको सानोपाइला सहकारीको करोडौँ रकम दुरुपयोग गरेको आरोपमा १४ जनाविरुद्ध पक्राउको अनुमति पाएको हो ।
गत कार्तिक २ गते लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । कास्की, बुटवल काठमाडौंमा अनुसन्धान भइरहेकोमा उनीमाथि चितवनमा समेत पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछानेलाई चितवनमा अनुसन्धान गरेपछि पर्सा लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया