काठमाडौं । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबरको धनमाल जलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत पाँच लाख बराबरका सामान नष्ट भएको हो ।
घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया