माओवादी पदाधिकारी बैठक : पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउनेबारे छलफल !

लोकपथ
497
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

केहीबेरअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, केन्द्रीय कमिटी बैठकका एजेण्डामाथि छलफलसहित अखिल क्रान्तिकारीको २३औँ सम्मेलनका विषयमा समेत छलफल हुने बताइएको छ ।

पछिल्लो समय पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई माओवादी उपाध्यक्ष बनाउने गरी छलफल अघि बढेको छ । आजको पदाधिकारी बैठकमा सो विषयमा समेत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?