प्राइम कमर्सियल बैंकले शेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश दिने

लोकपथ
56
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औँ वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बुधवार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रस्तावित चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश (करसहित)दिने प्रस्तावलाई अनुमोदन गरेको हो ।

आर्मी अफिसर्स क्लब भद्रकालीमा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न १७ औँ साधारण सभाले सो प्रस्तावलाई अनुमोदन गरेको हो । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ ।

अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल एक खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल दुई खर्ब १५ अर्ब ५१ करोड पुर्याएको बताए ।

बैंकले सञ्चालन मुनाफामा पनि गत वर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल सात अर्ब ५१ करोड आर्जन गरेको छ । अध्यक्ष श्रेष्ठले दीर्घकालीन रूपमा आफ्ना शेयरधनीहरुलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिवृद्धि गर्दै लगेको र आगामी वर्षहरुमा शेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको जानकारी दिए ।

साधारण सभामा शेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकुल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैर कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय वृद्धि गर्दै लगेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?