काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
होटलको मंसिर १९ गते बुधवार बसेको संचालक समिति बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको आधारमा करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ छ ।
यो वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले चार प्रतिशत बोनस शेयर र करसमेत ११ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । होटलले लाभांश पारितका लागि आगामी पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया