एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशतसम्म छुट दिने

लोकपथ
28
Shares

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।

कम्पनीका अनुसार जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले छ महिना नाघेको बीमालेखहरूमा मंसिर २० गतेदेखि पुस १९ गतेसम्म नविकरण गराउने बीमितहरुले ब्याज छुट पाउनेछन् ।

कम्पनीले पाँच वर्षदेखि माथिको अवधिका लागि ५० प्रतिशत र दुई वर्षदेखि पाँच वर्षभन्दा कम अवधिका लागि २५ प्रतिशत ब्याज छुट दिने जनाएको छ । दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा भने कुनै पनि छुुट नदिने कम्पनीले नजाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?