छिमेक लघुवित्तको लाभांश घोषणा

लोकपथ
42
Shares

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको मंसिर १९ गते बसेको ३१० औं संचालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले प्रस्तावित लाभांशमा आठ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश प्रस्ताव गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात तोकिएको समयसम्म कायम शेयरधनीहरुमा वितरण हुने जनाएको छ । यसअवधिमा लघुवित्तको चुक्तापुँजी दुई अर्ब ९७ करोड ७१ लाख रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?