दिगो, आधुनिक विकास निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह

लोकपथ
21
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताए । बिहीबार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले नेपाल अहिले तीव्र शहरीकरणबाट गुज्रिरहेको बताए । उनले आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औँल्याए । उनले नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु नेपालको ठूलो सम्पत्ति भएको उल्लेख गरे ।

उनले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको बताए । विनाशकारी प्रभावहरु बढिरहेको उल्लेख गर्दै शहरहरु र समुदायहरुको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरुको  खोजी आजको चुनौती रहेको रहेकोसमेत बताए ।

योजनाबद्ध शहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भीर आर्थिक, सामाजिक र वातावरणीय असरहरु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?