सिटिजन्स बैंकले पायो ‘बैंक अफ दि इयर २०२४’ अवार्ड

लोकपथ
0
Shares

काठमाडौं । सिटिजन्स बैंकले सन् ‘बैंक अफ दि इयर २०४’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले प्राप्त गरेको हो ।

सिटिजन्स बैंक पहिलो पटक बैंक अफ दि इयरको अवार्डबाट सम्मानित भएको हो । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका छन् ।

दि फाइनान्सियल टाइम्सले विश्वभरका १२० मुलुकबाट एक एक वटा बैंकलाई विभिन्न छ वटा विधामा अवार्ड प्रदान गरेको हो । नेपालको तर्फबाट सिटिजन्स बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्टता, नवीनता र दिगो विकासमा बैंकको महत्त्वपूर्ण योगदान सहितको उत्कृष्ट वित्तीय सेवाको कारण प्राप्त गरेको बैंकले जनाएको छ ।

बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर कर्पोरेट बैंकि अभ्यास र उर्जा तथा पुर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?