मंसिर २७ गते त्रिविले नीति अधिवेशन गर्दै

लोकपथ
0
Shares

कामठाडौं । त्रिभूवन विश्वविद्यालयले मंसिर २७ गते नीति अधिवेशन (सिनेट) बोलाएको छ । त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई सभा बस्नुपर्ने व्यवस्था छ । सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो ।

यस अघि गत साउन १५ गते बसेको त्रिवि सभा (सिनेट)मा नीतिबारे छलफल हुन सकेको थिएन । त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्ने सूचनामा उल्लेख छ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?