बैंक तथा वित्तीय संस्थाहरुमा चार अर्ब मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

लोकपथ
70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा चार अर्ब ३७ करोड रुपैयाँ निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा तीन अर्ब ४९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६५ करोड ५५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २१ करोड ८५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने उल्लेख गरेको छ । आगामी पुस दुई गतेदेखि लागू हुनेगरी २०८२ पुस दुई गतेसम्म तीन सय ६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर २३ गते राती १९ बजेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?