हर्क साम्पाङको धम्कीपूर्ण अभिव्यक्तिप्रति मिडिया लयर्स एसोसियसनले जनायो आपत्ति

लोकपथ
49
Shares

काठमाडौं। धरानका  मेयर हर्क साम्पाङले हिमाल खबर पत्रिका सम्बद्ध पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईलाई सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देशमार्फत गरेको दुर्व्यवहार प्रति मिडिया लयर्स एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ । 

खोज पत्रकारिता केन्द्रबाट प्रकाशित उक्त समाचार सम्बन्धमा धरानका मेयर साम्पाङले सामाजिक सञ्जाल मार्फत सार्वजनिक रूपमा गालीगलौज र धम्की दिएका थिए । 

 नेपालको संविधानको धारा १७(२) (क) ले प्रत्याभूत गरेको  विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवं धारा १९ ले प्रत्याभूत गरेको सञ्चार को हकसँगै नेपाल पक्ष भएको मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र, १९४८ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ समेतको प्रत्याभूति विपरीत भई प्रेस स्वतन्त्रता माथिको गम्भीर उल्लङ्घन भएको मिडिया लयर्स एसोसिएसनले जनाएको छ ।  

समाचारका विषयलाई लिएर सार्वजनिक गाली गलौजमा उत्रनुलाई धरानका मेयरको न्यूनतम मर्यादा तथा विधिको शासन विपरीत भएकाले यस्तो कार्यलाई सच्याउनसमेत आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?