काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन सुरु भएसँगै सामसङ नेपालले टीभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ। धेरै नेपाली क्रिकेट फ्यानहरूले आफ्नो मनपर्ने टोलीहरूको समर्थनमा क्रिकेट स्टेडियम पुगे पनि घरबाटै लाइभ हेर्न चाहनेका लागि सामसङले यो अफर ल्याएको हो ।
ठुलो स्क्रिनमा खेलको मनोरञ्जन लिन सामसङ नेपालले आफ्नो नवीनतम टीभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ। यस अफरमा क्युएलईडी टीभी, क्रिस्टल यूएचडी फोरके टीभीहरू र एफएचडी टीभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ।
ग्राहकहरूलाई १२ महिनाको अवधिमा ०प्रतिशत ब्याज दरमा आफ्नो मनपर्ने टीभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा–फाइनान्स सेवा समावेश छ। यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाट अर्थात् सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सनेक्छन्।
एक्सचेञ्ज पार्टनरअन्तर्गत आर्कोस्टोरद्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेञ्ज गरी नयाँ टीभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ। यो अफर पुष १६ गतेसम्म रहने सामसङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया