काठमाडौं । एनएमबी बैंकले २०२४ को UN Women एशिया–प्यासिफिक WEPs अवार्ड अन्तर्गत लैङ्गिक समावेशी अवार्ड प्राप्त गरेको छ । यो अवार्ड लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रमर्दन गर्ने एनएमबी बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको हो ।
UN Women / UN Global Compact द्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबी बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ ।
ती प्रयासहरुमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालीत शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित CSR गतिविधिहरू रहेका छन् ।
यस अवार्डले एनएमबी बैंकलाई विश्व बजारमा WEPs अन्तर्गतको UN Women द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एशिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्राप्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया