एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावर कम्पनीमा लगानी

लोकपथ
14
Shares

काठमाडौं । प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्ने कम्पनीले जनाएको छ ।

एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ । यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पु¥याउँदै ऊर्जा निर्यातको सम्भावनालाई बलियो बनाउन सहयोग पु¥याउने एनआईबीएल इक्विटी पार्टनर्सले विश्वास व्यक्त गरेको छ ।

एनआईएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले इलेक्ट्रो पावर कम्पनी लिमिटेडसँगको साझेदारीले नेपालको ऊर्जा सम्भावनालाई थप उपयोग गर्न सहयोग पु¥याउने बताए । उनले परियोजना प्राकृतिक विपत्तिका जोखिमलाई न्यून गर्दै ऊर्जा उत्पादनलाई अधिकतम बनाउन डिजाइन गरिएकोले स्वच्छ ऊर्जा क्षेत्रमा सुरक्षित लगानी गर्ने कम्पनीको प्रतिबद्धतालाई कायम राख्ने बताए ।

इलेक्ट्रो पावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक माधव प्रसाद मैनालीले साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिनुका साथै हाम्रो आत्मबल बढाउने र जलविद्युत् परियोजनाको विकासलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?