प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी (पूर्णपाठ)

लोकपथ
392
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पन्न चीन भ्रमणबारे प्रेस नोट जारी भएको छ ।

गत मंसिर १७ गते मित्रराष्ट्र चीनतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता भएका हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी भएको छ । जहाँ प्रधानमन्त्रीको भ्रमणबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन् ।

चिनियाँ समकक्षीको निमन्त्रणमा चीन गएका ओलीले राष्ट्रपति सी जिङपिङसहित उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ। उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाल(चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश गरिएको छ ।

प्रेस नोटको पूर्णपाठ हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?