काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र उपप्रधान एवं शहरीविकासमन्त्री प्रकाशमानसिंहसँग आक्रोशित बनेका छन् ।
मन्त्री सिंहको कार्यकक्ष रङरोगन गरी सिगार्नका लागि लाखौँ खर्च गरिएको समाचार सार्वजनिक भएपछि त्यसमा मिश्रले प्रतिक्रिया जनाएका हुन् ।
मिश्रले सामाजिक सञ्जालमा लेख्दै चुनावी प्रतिष्पर्धी समेत रहेका सिंहप्रति कटाक्ष गर्दै भनेका छन्, ‘उपप्रधानमन्त्री सिंहको कार्यकक्ष सिँगार्न भत्काउन लागिएको भवनमा खर्च गरियो ४९ लाख । यसो सोच्छु…।।
यस्तो विवेकी, क्षमतावान नेताले मलाई चुनाव नहराए यो देशको विकास कसरी हुन्छरु देश र भावी पुस्ताको भविष्य कसरी सुनिश्चित हुन्छ ? अब मैले चुनाव जित्न उहाँभन्दा अब्बल हुन के गर्नुपर्लारु सल्लाह पाए आभारी हुनेछु।’
०७४ र ०७९ को प्रतिनिधि सभा निर्वाचनमा मिश्रले सिंहसँग प्रतिष्पर्धा गरेका थिए । दुवै निर्वाचनमा मिश्र सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया