काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकोे खेलमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको थियो ।
चितवनले ७ विकेटको क्षतिमा १३० रन जोडेको हो । चितवनका लागि रवी बोपाराले अर्ध शतक प्रहार गरेका थिए । उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, कुशल मल्लले २३ रनको योगदान दिए । उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेका थिए । त्यसअघि चितवनले पावर प्लेमा आफ्नो तीन विकेट गुमाएको थियो । ओपनर लुक बेन्केस्टाइनलाई पहिलो ओभरको पाँचौँ बलमा कर्णालीका कप्तान सोमपाल कामीले शून्यमा बोल्ड गरे।
अर्का ओपनर दीपक बोहरा चौथो ओभरमा नन्दन यादवको बलमा देव खनालबाट ८ रनमै क्याच भएका थिए । पावर प्लेको अन्तिम ओभरमा विपिन रावल ११ रनमा जिशन मक्सुदबाट बोल्ड भएका थिए यस्तै, १७औँ ओभरमा विपिन शर्माको एलबीडब्लूको धरापमा पर्नुअघि लोफ्टी इटनले ९ रन जोडेका थिए । शरद भेषावकर ६ रनमा नटआउट रहे । बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिएका थिए । जिशन मक्सुदले दुई, कप्तान सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया