नेपालपे क्युआर र आईसीटी अवार्ड बीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने 

लोकपथ
0
Shares

काठमाडौं । आईसीटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आईसीटी अवार्ड बीच सहकार्य सम्बन्धी सम्झौता भएको हो । 

उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदै छ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ ।

एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवर्द्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्टअप तथा व्यक्तित्वहरूलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ । 

आईसीटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न एनसीएचएलले नेपालपे क्युआर सञ्चालन गरी मर्चेन्टहरूलाई अन्तरअवद्धता कायम गर्दै आएको छ । 

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले नेपालपे क्युआरको अन्तरआबद्ध नेटवर्कमा आठ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेका छन् । ग्राहकहरूले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट एप तथा कनेक्ट आईपीएसबाट नेपालपे क्युआर स्क्यान गरी सहज भुक्तानीको सुविधा प्रयोग गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?