हेटौंडामा चार महिनामा ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

लोकपथ
21
Shares

बागमती । हेटौंडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाखले बढी हो । 

कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा  ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ ।  आव २०८०/८१ को अवधिमा  सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । 

बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?