काठमाडौं । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) मा आज शुक्रबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा ट्रिपर चालक सानु लोको मृत्यु भएको हो ।
उनी ट्रिपर लिएर हात्तीसुडेबाट फास्ट ट्र्याकको बाटोको लागि ग्राभेल लिई जाँदै थिए । उनले चलाएको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया