काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।
बैंकले २०८१ साल असोज ३० गते १८ औं वार्षिक साधारण सभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको थियो । उक्त ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकृत भएको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभांश बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया