हुँदै नभएको बिहेको प्रचारले पल शाहलाई तनाव

लोकपथ
238
Shares

काठमाडौं । अभिनेता पल शाहले आफूले बिहे गर्न लागेको चर्चामा कुनै सत्यता नभएको बताएका छन् ।

आज उनको बिहे भएको भन्दै चलचित्रका तस्बिरसहित समाचार र सामाजिक सञ्जालमा देखिएपछि त्यसको खण्डन गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै बिबाहको खबरमा कुनै सत्यता नभएको समेत बताए ।

‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाईहरुले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?