आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकपथ
70
Shares

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । 

शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ सात र बिक्रीदर एक सय ७२ रुपैयाँ ८३ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ६९ पैसा कायम गरिएको थियो । 

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ नौ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १२ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा, ओमनि रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ  १९ पैसा, बिक्रिदर तीन सय ५२ रुपैयाँ ७५ पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?