काठमाडौं । स्वस्थ रहनको लागि शारीरिक व्यायाम महत्त्वपूर्ण हुन्छ । शारीरिक व्यायामले शरीरलाई फुर्तिलो बनाउनुका साथै स्वस्थ पनि राख्छ । त्यसैले पनि पछिल्लो समय योगा, ध्यान, शारीरिक व्यायाम, जिम गर्नेहरूको संख्या उल्लेख्य छ ।

कोहीले हिँडेर शरीरलाई फुर्तिलो बनाउँछन् भने कसैले जिम गरेर त कसैले ध्यान, योगा र शारीरिक व्यायाम गरेर स्वस्थ रहन्छन् । यसैलाई मध्यनजर गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खुला व्यायामस्थलहरु समेत बनाइएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा निर्माण गरिएका खुला व्यायामशालामा सर्वसाधारणहरुको घुइँचो लाग्ने गर्दछ । काठमाडौंवासीलाई स्वस्थ राख्न महानगरले व्यायामशाला बनाएको छ ।

जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आम नागरिकको आकर्षण बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया