आठ लाख खर्चेर विद्यालयमा विज्ञान प्रयोगशाला

लोकपथ
21
Shares

कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीस्थित पञ्चदेवल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक परीक्षणका लागि प्रयोगशाला स्थापना भएको हो । 

कक्षा १ देखि १२ सम्म अध्यापन हुने पञ्चदेव माध्यमिक विद्यालयमा किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकाद्वारा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा प्रयोगशाला स्थापना भएको छ । 

पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधिबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताए । 

‘प्रयोगशाला स्थापना गर्न जिल्लास्थित किर्डाक नेपाल र प्लान नेपालको सहयोगमा  ६ लाख २४ हजार ३७, सान्नीत्रिवेणी गाउँपालिकाले  एक लाख ५० हजार, विद्यालयबाट  ५० हजार लगानी गरिएको छ, ’प्रअ देवकोटाले भने, ‘विद्यालयमा अध्यापन गर्ने विद्यार्थीले विज्ञानसम्बन्धी जानकारी र आवश्यक ज्ञान वृद्धि गर्न प्रयोगात्मक काममा प्रयोगशाला सहयोगी बन्ने अपेक्षा लिएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?