बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा 

लोकपथ
238
Shares

काठमाडौंं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन्  । 

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् । 

उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझि टिप्पणी गरेको बताइन् । उनले ऋण लिने/दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाए । 

नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि देउवाले स्पष्ट गरेकी छन् । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारे मात्रै नेपालको चासो भएको बताइन् । बिआरआई सम्झौता आफैँ विकास सहायता भएको उनको भनाइ छ । नेपालले चीनको ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?