झलनाथ खनालको प्रश्न– ‘बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन ?’

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरेका छन्। 

चीन भ्रमण सेकर शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खुसी व्यक्त गरेका हुन् । उनले नेपालको तयारी नपुगेपनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गरे । 

बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको ? भन्दै प्रश्नसमेत गरे । पूर्वप्रधानमन्त्री खनालले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भन्ने उनको प्रश्न छ । सम्मानित नेता खनालले प्रधानमन्त्रीको चीन भ्रमणमा आन्तरिक गृहकार्य नपुगेको महशुस आफूले गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?