काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताएका छन् । शनिबार वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लयमा फर्किएको न्यायालय मात्रै आफूहरूले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले न्यायालय आँफै गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानुन व्यवसायीहरूको भएको बताए । गरिमामय न्यायालय, स्वच्छ न्यायालयको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया