काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरु लागिपरेको बताए । चलचित्र क्षेत्रमा सुुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै रहेको उल्लेख गरे ।
उनले बलिउडको छायाँ परेर नेपाली चलचित्र उद्योग कमजोर भएको हुनसक्ने पनि बताए । भारतीय चलचित्र क्षेत्रलाई जित्न नसके पनि दक्षिण एशियाका अन्य देशहरुमा उत्कृष्ट बन्न सकिने बताए ।
चलचत्रि क्षेत्रको विकासका लागि आवश्यक कानूनहरु सरकारले बनाइरहेको र बाधाका पहाड तोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया