झापा । चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० बस्ने २८ वर्षीय दुखु मिया र २१ वर्षीय तेजराज विष्ट रहेका छन् ।
मेचीनगर नगरपालिका-१० स्थित भैरव स्टोरबाट गत मंसिर १९ गते राति करिब ३ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लताकपडाहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका सामानहरू सहित बिहीबार पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया