कैलालीबाट एक करोडभन्दा बढी सुन, चाँदी र विदेशी मुद्रासहित तीनजना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं ।  कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा  क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो । 

भारतबाट आएका उनीहरूबाट  ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको ६ सय २० ग्राम  सुन,  १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी,  विभिन्न दरका  ६ लाख ११ हजार ६ सय २५  भारतीय मुद्रा, साउदी रियाल, विभिन्न  किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?