काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहान भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पहिले टस जितेर ब्याटिङ रोजेको थियो ।
निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जनकपुरले १३६ रन बनाउन सफल भएको थियो ।
टिक जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक रन अर्थात् ४५ रन बनाए । त्यस्तै खेलमा लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भए । शुभ कंशाकार २२ रनमा अविजितका रहेका हुन् ।
यसअघिको कुरा गर्ने हो भने पहिलेका ३ वटै खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ भने जनकपुरले यसअघिका ३ वटै खेलमा जित निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया