एनएमबि बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने

लोकपथ
70
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा पनि बैंकका शेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन ।

बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्ने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?