बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब उठाउँदै राष्ट्र बैंक

लोकपथ
21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएपछि फेरी ७० अर्ब उठाउने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न आठ दिनको अन्तरमा तेस्रो पटक ७० अर्ब उठाउन लागेको हो ।

आइतबार दिउँसो २ बजेसम्म उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

२१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । साँवा र ब्याज भुक्तानीका लागि पुस १४ गतेसम्मको मिति निर्धारण भएको छ ।

निरन्तर व्याजदर घटे पनि कर्जा प्रवाह हुन नसक्दा बजारमा अधिक तरलताको अवस्था छ । विगत लामो समयदेखि बजारमा अधिक तरलताको रहेको र यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?