भारतीय ग्यास बुलेटको दुर्घटनामा बेपत्ताको खोजी गर्न गोताखोर परिचालन

लोकपथ
392
Shares

काठमाडौं । धादिङमा दुर्घटनामा परेको भारतीय नम्बरको ग्यास बुलेटमा रहेका चालक र सहचालकको खोजी गर्न गोताखोर परिचालन गरिएको छ ।

आइतबार बिहान एनएल–०२एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेट धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ कृष्णभीरमा दुर्घटनामा परेको थियो ।

त्यसमा को–को रहेका थिए भन्ने खुल्न सकेको छैन । बुलेटको एक भाग भीरमा अड्किएको अवस्थामा रहेको छ । साथै उनीहरुको खोजीका लागि गोताखोरको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको हो ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशुली नदिमा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?