काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं न्यूरोडको शाखालाई ललितपुरमा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित पाको न्यूरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा नं. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्यूरोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) को अर्को शाखाबाट सेवा लिन सक्ने बैंकले जनाएको छ ।
स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया