काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी मंसिर २८ मा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्मा संयुक्त उम्मेदवार बन्ने भएकी छन् ।
आइतबार काठमाडौंमा उम्मेदवार घोषणा सभा आयोजना गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवारका रूपमा नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका तर्फबाट शर्मालाई अध्यक्ष पदको लागि अघि सारिएको हो ।
उम्मेदवारी घोषणा गर्दै शर्माले पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने अधिकारको सुनिस्चितता आफ्नो टिमले गर्ने दाबी गरे । उनले जुन संस्थाबाट आएपनि महासंघमा आफूहरू राजनीति गर्नको लागि नभई श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दा उठाउन जान लागेको बताइन् ।
उनले देशभरबाट प्रेस चौतारी र प्रेस युनियनमा आबद्ध पत्रकारहरुको सुझावको आधारमा पत्रकार महासंघमा आफू नेतृत्वको टिमले काम गर्ने उनको भनाइ छ । उनले व्यावसायिक र जबाफदेही पत्रकारीताको प्रवर्द्धन गर्नु नै सबै संस्थाहरूको साझा उद्देश्य रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया