काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरूमा पनि कार्य गर्दै आइरहेको छ । ईसेवाले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायहरूमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल भएको छ ।
ईसेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाहरूको भुक्तानी गर्ने माध्यम बन्नुका साथै ईसेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिन प्रतिदिन अझै परिचित नाम बन्दै गइरहेको छ । बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट देखि केबलकार सम्मको टिकट खरिद गर्न सकिने ईसेवाले यात्रुहरूको सहजतासँगै पर्यटकीय विकाशमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।
प्रयोगकर्ताहरूको आवश्यकताअनुसारका सेवा सुविधाहरू विस्तार गरेर जीवन सहज बनाउने क्रममा ईसेवा थुप्रै नवीनतम सेवाहरू प्रदान गर्न सधैँ तत्पर ईसेवाले प्रदान गर्ने एउटा महत्त्वपूर्ण सेवा ईसेवा होटल्स पनि हो ।
ईसेवा होटेल्स एउटा यस्तो डिजिटल सेवा हो जसको माध्यमबाट प्रयोगकर्ताहरूले सजिलै होटेल बुक गर्न सक्छन् । नेपालको ५४ जिल्लाहरूका प्रमुख सहरहरूमा अवस्थित साना, मझौला तथा ठुला होटलहरु एकै ठाउँबाट सजिलै बुक गर्न सकिने ईसेवा होटेल्स हालको समयमा होटेल बुकिङको लागि एकदम लोकप्रिय बन्दै गएको छ ।
सहरी क्षेत्रमा रहेका तारे होटेलहरुदेखि लिएर ग्रामीण भेगमा अवस्थित होमस्टेसम्म बुक गर्न सकिने ईसेवा होटेल्समा करिब तीन हजार पाँच सयभन्दा बढी होटलहरु रहेका छन् जुन प्रयोगकर्ताहरूले ईसेवा एप वा ईसेवा होटेल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् ।
ग्राहकहरूको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै ईसेवा होटेल्समा बिना अग्रिम भुक्तानी कुनै पनि सहरमा अवस्थित जुनसुकै होटेल बुक गर्न सकिने र आवश्यकता अनुसार बुकिङ रद्द गर्न सकिने समेत व्यवस्था रहेको छ ।
ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन ईसेवा होटेल्सले यूएसआईडी ट्रेड एन्ड कम्पेटेटिभनेस्सँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटेल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ ।
यूएसआईडी ट्रेड एन्ड कम्पेटेटिभनेस्को सहयोगमा ईसेवा होटेल्सले ग्रामीण भेगमा रहेका होटेल तथा होमस्टेहरूमार्फत दिगो पर्यटनको विकाश हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढुवा दिँदै आइरहेको छ र आगमि दिनहरूमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यवसायलाई थप प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ ।
ईसेवा होटेल्सको माध्यमबाट ईसेवाले प्रयोगकर्ताहरूको सहजता र पर्यटकीय विकाशको साथसाथै साना तथा मझौला होटेल व्यवसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउँदै आइरहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया