दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप

लोकपथ
70
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई अनुसन्धानका लागि थप ३ दिनको समय थपेको हो ।

गत मंसिर ४ गते प्रसाईँलाई विद्युतीय कसुरमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले प्रसाईँलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?