सुदूरपश्चिमको अपराजित यात्रामा ‘ब्रेक’, चितवनसँग ३३ रनले पराजित

लोकपथ
126
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार जित निकालेको सुदूरपश्चिम रोयल्सले हार ब्यहोरेको छ ।

सुरुवातदेखि नै निरन्तर जितिरहेको सुदूरपश्चिम रोयल्सले पहिलोपटक हार ब्यहोरेको हो । चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पच्छ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा १८.२ ओभरको क्षतिमा सबै विकेट गुमाउँदै १३१ रनमा अलआउट भएको हो ।

यसअघिका तीन खेलमा अपराजित रहेको टिम सुदूरपश्चिम ३३ रनले पराजित हुँदै अपराजित यात्रामा ब्रेक लागेको हो ।

सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमाण्डु गुर्खाज् र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । चितपछि चितवनले पनि सुदूरपश्चिमसँग समान ४ खेलमा ६ अंक जोडेको छ ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए ।

चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए ।

यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?