काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताएका छन् ।
भव्य जनसहभागितामा १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए ।
विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।
उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट उपलब्धी भएको र छिट्टै भारत भ्रमण गर्ने अवगत समेत गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया