काठमाडौं । बजाज कम्पनीका मोटरसाइकल अव नागरिकताको भरमा किन्न पाइने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्किम ल्याएको हो ।
मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस भनी आफ्ना ग्राहकहरूको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्भटहरुलाई हटाएर अब भने बजाजका ग्राहकहरूले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्समार्फत किन्न सक्नेछन् ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९% प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ ।
यो स्किम बजाजका देशभर रहेका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया