काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुरक्षाको कारणले राति नै पोखरा पुर्याउनुपरेको स्पष्ट पारेको छ ।
अनुसन्धानका लागि चितवन पुर्याइएका लामिछानेलाई गत मंसिर १९ गते राति नै त्यहाँबाट पोखरा पुर्याइएको थियो । उनीमाथि प्रहरी अधिकारीले अमानवीय हर्कत गरेको साथै मध्यरातमा सुतिरहेको मान्छेलाई उठाएर प्रहरीले लगेको भन्ने विषयमा चौतर्फी आलोचना भएपछि चितवन प्रहरीले त्यसको खण्डन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले विज्ञप्ति जारी गर्दै लामिछानेलाई हिरासत कक्षमा नै नलगी आफन्त भेटघाट कक्षबाट आफन्त र सुभचिन्तकहरुसँग भेटघाट गरी पोखरा सुरक्षाको पूर्ण प्रत्याभूतिसहित पोखरा लगिएको बताए ।
‘मिति २०८१/०८/१९ गते जिल्ला सरकारी वकिलको कार्यालय बयान कार्य भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिलको कार्यालयमा भीड प्रवेश गर्न खोज्ने लगायतको कार्य समेत भएको, मौसम हवाइ हवाई उडानका लागि प्रतिकुल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकुल असर पर्न सक्म्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सीमित हदम्याद रहेको विषय समेतलाई मध्यनजर गरी मिति २०८१/०८/१९ गते २१ः३० बजेको समयमा जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा बयान कार्य समेत सकिएपश्चात जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा पूर्व उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेले आफन्त तथा सुभचिन्तकहरुसँग भेटवार्तालाभ गरिसकेपश्चात भेटघाट कक्षबाटै मिति २०८१÷०८ महिना २० गते बिहान ००ः०५ बजेको समयमा नेपालको प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई जिम्मेवारी प्रहरी अधिकृत प्रहरी नायब उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा लगि जिल्ला प्रहरी कार्यालय कास्की उपस्थित गराइएकोले…,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै प्रहरी अधिकारीले मापसे गरेको भन्ने आरोपका सन्दर्भमा समेत चितवन प्रहरीले खण्डन गरेको छ । साथै रविमाथि कुनै दुर्व्यवहार नगरेको समेत प्रहरीले स्पष्ट पारेको छ ।
यो पनि…
चितवनबाट रातारात पोखरा पुर्याइएपछि रविमाथि बढ्दै सहानुभूति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया