काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी गठी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन् ।
बिहीबार झापाको दमकस्थित भ्यूटावरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश चलाउन नीति, शिद्धान्त र अठोट चाहिने भन्दै लामिछानेप्रति कटाक्ष गरे ।
उनले देश चलाउन सहकारी ठगेजस्तो हुँदैन भन्दै कटाक्ष गर्दै भने, ‘देश चलाउन शिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ सहकारी ठगेजस्तो हुँदैन । देश चलाउनु भनेको । अरुलाई उफ्रिएर मुख छाडेजस्तो हुँदैन ।’
त्यस्तै बाँस र नर्कटको उदाहरण दिँदै नयाँ दल र पूराना तथा तिनका नेताहरुबीच तुलना गरेका छन् । उनले बाँस हुर्किनका लागि वर्षोँ लाग्ने तर नर्कट केही समयमा नै उम्रिएर छिट्टै काटिने भन्दै लामिछानेको दल रास्वपाप्रति कटाक्ष गरे ।
‘कहिलेकाँही यस्तो लाग्छ बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ । बाँसको टुसो भन्दा छिटो बढ्छ । बाँस यतो हुँदा नर्कट ठूलो भैसक्छ । अर्कोपटक हेर्न जाँदा नर्कट बुढो भएर ढलिसकेको हुन्छ । नयाँ नर्कट त्यस्तै हो,’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया