काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा मोहनवैद्य किरण सर्वसम्मत रुपमा चयन भएका छन् ।
आज कीर्तिपुरमा भएको एकता महाधिवेशनबाट वैद्य पुनः महासचिव निर्वाचित भएका हुन् । महासचिवसम्बन्धी प्रस्तावमा हलले वैद्यलाई सर्वसम्मत स्वीकार गरेको हो ।
उनलाई उनलाई हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए भने सन्तबहादुर नेपालीले प्रस्ताव गरेका थिए । साथै महाधिवेशनले बहुपद खारेज समेत गरेको छ ।
गत मंसिर १३ गतेदेखि २३ गतेसम्म कम्युनिष्ट पार्टीको एकता महाधिवेशन भएको थियो । त्यस्तै एकता महाधिवेशनले केन्द्रीय समितिको एक तिहाइ पोलिटब्यूरो, पोलिटब्यूरोको एक तिहाइ स्थायी समिति रहने समेतको व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया