जनकपुर बोल्ट्स टिमलाई टेक्नोले चीन भ्रमणमा लैजाने

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) मा जनकपुर बोल्ट्स अपराजित रहँदै शीर्ष स्थानमा पुग्न सफल भएको छ ।

आइतबार भएको खेलमा एक रनले लुम्बिनी लायन्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले जित निकालेको थियो ।

खेलाडीहरुले देखाएको उत्साहलाई कदर गर्दै जनकपुर बोल्ट्सको गोल्ड पार्टनर, टेक्नोले जनकपुर टिमलाई चिन भ्रमणमा लैजाने भएको छ ।

टेक्नोले जनकपुर बोल्ट्ससँगै विभिन्न अवरोधहरु सामना गरी अवसरहरुको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग, एनपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

४ खेलबाट ८ अंकसहित बोल्टले अटल जोस, दृढ संकल्प र अटुट गति देखाएर सबै नेपालीको मन जितिरहेको भन्दै खेलाडीसहित सम्पूर्ण टिममा थप उत्साह थप्न टेक्नोले चीन भ्रमणको तयारी गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा जनकपुरले दिएको १३७ रन दिएको थियो । तर लुम्बिनीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो ।

लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन आवश्यक थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी हार व्यहोरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?