काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबारको तुलनामा प्रतितोला छापावाला सुनको मूल्यमा ४ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो सुनको मूल्य १ लाख ४९ हजार ७ सय रहेको थियो भने आज मूल्य वृद्धि भइ १ लाख ५० हजार १ सय कायम भइ कारोबार भइरहेको हो ।
आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । प्रतितोला चाँदी १ हजार ८ सय ६५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया